•  Office Hours: 10am-5pm
  •  Ananmnagar, Kathmandu
  •  info@nsu.org.np

एनएसयूका पदाधिकारीको तावेदारी नगर्न अनेरास्ववियुलाई नेविसंघको चेतावनी

2079-03-10

नेपाल विद्यार्थी संघ (नेविसंघ) अनेरास्ववियुलाई विद्यार्थी हकहितका विषयमा गम्भीर भएर मनन गर्न आग्रह गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेपाल संस्कृत विश्वविद्यालयमा विश्वविद्यालय (एनएसयू)मा नेविसंघले गरेको आन्दोलनको खिलापमा नउभिन अनेरास्ववियुलाई चेतावनी दिएका छन् ।

विश्वविद्यालयका पदाधिकारीको तावेदारी गर्दै अनेरास्ववियु अध्यक्ष सुनिता बरालले विज्ञप्ति निकालेका उनको आरोप छ । असार ८ गते बरालले एक विज्ञप्ति जारी गरि एनएसयुमा नेविसंघले लगाएको ताला पाँच दिनमा नखोले अनेरास्ववियुले फोडिदिने चेतावनी दिएकी छिन् ।

त्यसको जवाफी विज्ञप्ति निकाल्दै अनेरास्ववियुलाई विद्यार्थी हितमा नै उभ्याउन अध्यक्ष बरालाई नेविसंघ अध्यक्ष शेर्पाले सचेत गराएका छन् । नेविसंघको संघर्षका कारण विश्वविद्यालयको नियमित पठन पाठन र परीक्षा कार्यक्रममा कुनै पनि असर नपरेको उनको भनाइ छ । नेपाल संस्कृत विश्वविद्यालयको नेतृत्व सहमति र सहकार्यको संस्कृति विपरीत चल्न खोज्दा समस्याहरु उत्पन्न भएका शेर्पाले बताए ।

'विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक र शैक्षिक स्थलमाथि राजनीतिक आग्रहका आधारमा आफूलाई अगाडि बढाउन खोज्नु विद्यार्थी वर्गको हित विपरीत बलमिच्याई गर्न खोज्नु र संस्कृत विश्वविद्यालयको आफ्नो मौलिक र विशिष्ट मान्यता विपरीत चल्न खोज्नु जस्ता विषयले विद्यार्थी वर्गलाई आन्दोलित बनाएको हो,' सेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालय नेतृत्वले आफैले समस्या सिर्जना गरिरहेको भन्दै कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्रीलाई आवश्यक निर्देशन र नियमन गरी संस्थालाई सही ट्रयाकमा हिँडाउन सक्रिय हुन शेर्पाको अनुरोध छ ।

विश्वविद्यालयका प्रचलित ऐन नियम मिचेर वास्तविक आवश्यकता र औचित्यको अध्ययन नै नगरी खुल्ला विज्ञापनका नाममा हुन थालेको धाँधली रोक्न आन्दोलनमा उत्रिएको उनको भनाइ छ । 

विगत लामो समयदेखि वृद्धि हुन नसकेको विद्यार्थीको छात्रवृत्ति रकम बढाउनु पर्ने विषयमा अनुदार नेतृत्व विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन भने उद्यत हुनुले यो विद्यार्थी वर्गको हितमा छैन र समग्र संस्थाको सुदूर भविष्यको पक्षमा पनि छैन भन्ने हामीलाई लागेर नै संघर्ष अगाडि बढाएका हौं ।

नेविसंघले उठाएका माग सम्बोधनका लागि विश्वविद्यालय नेतृत्वलाई उनको आग्रह छ । अन्यथा उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने शेर्पाको चेतावनी छ ।




Latest News