•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

स्व. गिरीको स्मृतिमा दीप प्रज्वलन गर्न नेविसंघको निर्देशन

2079-05-15

काठमाडौँ — नेपाल विद्यार्थी संघले कांग्रेस नेता एवम् समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको १३ औं दिनको पुण्य तिथिमा देशभर दीपप्रज्वलन गर्न निर्देशन गरेको छ । बिहीबार गिरीको निधन भएको १३ औं दिन पुग्दैछ ।


नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बुधबार ७७ वटै जिल्ला कार्यसमिति र मातहतका इकाइहरूलाई परिपत्र गर्दै स्वर्गीय नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको चर्चा, स्मरण र सो अवसरमा रचनात्मक कार्यक्रम तथा साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका हुन् ।

उनले काठमाडौं उपत्यकामा भने बिहीबार साँझ साढे पाँच बजे शान्ति बाटिकामा दिप प्रज्वलन गर्ने र श्रद्धाञ्जली अर्पण गर्ने जानकारी दिए ।

बिहीबार दिउँसो कांग्रेसले राष्ट्रियसभामा शोकसभा राखेको छ भने अन्य विभिन्न संघसंस्थाले गिरीको स्मरणमा चर्चा र वृक्षारोपण कार्यक्रमहरु राखेका छन् ।

घाँटीको क्यान्सरबाट पीडित नेता गिरिको मेडिसिटी अस्पतालमा उपचारको क्रममा साउन ४ गते राति निधन भएको थियो । ५ साउनमा पशुपति आर्यघाटमा राजकीय सम्मानसहित उनको अन्तिम संस्कार गरिएको थियो ।

सिरहाको बस्तीपुरमा २००४ सालमा बुबा मित्रलाल गिरि र पुण्यप्रभा गिरिको कोखबाट जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर थिए ।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।


Latest News

Happy Women's day

2022-03-08

Campaigns