•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेपालको शैक्षिक विकृति , अन्याय अत्याचार र बिसङ्गती विरुद्ध नेपाल विद्यार्थी संघ निरन्तर खबरदारी

नेपालको शैक्षिक विकृति , अन्याय अत्याचार र बिसङ्गती विरुद्ध नेपाल विद्यार्थी संघ निरन्तर खबरदारी गर्दै नेपालको हरेक राजनीतिक सामाजिक र शैक्षिक आन्दोलनमा अग्रणी भुमिका निभाउदै आएको जगजाहेर नै छ। उपरोक्त सम्बन्धमा मिति २०७९/४/१० गतेका दिन नेपाल चक्रवर्ती हवि कलेजले बि. ए. एल. एल .बि. को अप्रत्याशित ढङ्गले विद्यार्थी कानुन पढ्न बाट समेत बन्चित हुने गरी बढाएको मुल्यबृद्धी विरुद्धमा ने वि संघ चक्रवर्ती ल कलेजले गरेको शान्तिपूर्ण आन्दोलनमा कलेज प्रशासन र कलेज प्रमुख देबेन्द्र भण्डारीको ठाडो आदेसमा छापामार शैलीमा कलेज हाता भित्र बानेश्वर बृत र कोटेश्वर प्रभागका प्रहरी र गरुड सेक्युरिटीका केही अराजक गुण्डाहरु लगाइ आन्दोलनरत विद्यार्थी माथी निर्घात कुटपिट र धरपकड गरि ने वि संघ इकाई सचीव द्वोय राजेन्द्र रोकाया र सुरज रेग्मी लाई हिरासतमा लिइ इकाई सभापति अभिनव सिंह राठौर इकाई सह-सचीव सफल के सि र नेपाल ल कलेज इकाई सचीव मनमोहन भट्ट लगायतका साथीहरूलाई घाइते बनाइएको घटना प्रती नेपाल विद्यार्थी संघ केन्द्रीय समिति घोर भत्सर्ना गर्द्छ। आन्दोलनरत विद्यार्थी नेताहरु लाइ बिना सर्त रिहाई गरि शुल्क वृद्धि फिर्ता लिन समेत जोडदार माग गर्द्छ। निजि कलेज र प्रहरी प्रशासनको सेटिङ्गमा माफिया पोस्न उद्दत रहेका प्रहरी अधिकारिलाई कार्वाही गर्न पनि गृहप्रशासन सङ्ग माग गर्दछौं । साथै हाम्रो मागलाई यथासिघ्र सम्बोधन नगरिएको खण्डमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति चक्रवर्ती हवि कलेज बिरुद्ध जस्तोसुकै कदम पनि उठाउन सक्ने तथा उक्त कदमबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं कलेज प्रशासन हुने कुरा समेत अवगत गराउन चाहान्छौ।

Other Notices