•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

टर्की र सिरियाका भुकम्प प्रभावित क्षेत्रमा आवश्यक उद्वार, उपचार र पुर्नव्यवस्थापनमा सहयोग गर्न सरकारलाई नेविसंघको आग्रह

2023-02-09

काठमाडौं, २६ माघ । नेपाल विद्यार्थी संघले टर्की र सिरियामा विनाशकारी महाभुकम्पबाट भएको मानवीय एवम् भौतिक क्षतिप्रति गहिरो दुःख एवम् शोक व्यक्त गरेको छ ।संघका तर्फबाट सभापति दुजाङ शेर्पाले आज एक वक्तव्य जारी गर्दै टर्की र सिरियाका भुकम्प प्रभावित क्षेत्रमा आवश्यक उद्वार, उपचार र पुर्नव्यवस्थापनमा सहयोग गर्न नेपाल सरकारलाई आग्रहसमेत गरेका छन् ।

उनले भनेका छन–‘हाम्रा मित्रराष्ट्रहरू टर्की र सिरियामा यही माघ २४ गते गएको विनाशकारी महाभुकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल विद्यार्थी संघ गहिरो दुःख तथा शोक व्यक्त गर्दछ । आम विद्यार्थी राजनीतिको प्रमुख भरोसा केन्द्र यस नेपाल विद्यार्थी संघको तर्पmबाट म उक्त विपत्तिमा ज्यान गुमाउनु भएका सबैमा हार्दिक श्रदाञ्जली र शोेकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहान्छु । यस विध्वंशमा परि चोटपटक लागेका र घाइते हुनुभएका सम्पूर्णमा शिघ्र्र स्वास्थ्वलाभको कामना पनि गर्न चाहान्छु ।’

उनले यस दुःखद् घडीमा नेपाल र नेपालका सम्पूर्ण नागरिक सिरिया र टर्कीका नागरिकका साथ रहेको र सकेको सहयोगको प्रयास गर्नेपनि प्रतिबद्धता जनाएका छन् ।टर्की र सिरिया दुबै नेपालका अनन्य मित्रदेशहरू भएको उल्लेख गर्दै विगतमा नेपाल र नेपालीलाई परेको यस्तै प्रकोपमा दुबै देशबाट भएको अविलम्व र यथासक्य सहयोगप्रति आफूहरुको सदैब उच्च सम्मान रहेको पनि उनको भनाई छ ।

उनले भनेका छन्–‘हामी पनि पारस्परिक सहयोगको समान दायित्वप्रति कर्तव्यनिष्ठ छौँ । म हाम्रो संगठनको तर्फबाट सरकारलाई अविलम्व भुकम्प प्रभावित क्षेत्रमा आवश्यक उद्वार, उपचार र पुर्नव्यवस्थापनमा सहयोग गर्न सबैखालका प्रयासको लागि समेत जोडदार अपिल गर्दछु ।’

उनले सम्पूर्ण अन्तराष्ट्रिय समुदायलाई पनि आफ्नो तर्फबाट सकेको सहयोग गर्न र एक्येबद्वताका लागि अनुकरणीय कदम चाल्न र काबुभन्दा बाहिरको विध्वंशात्मक प्रकोपमा आपसी सहयोगको आवश्यकता र महत्वलाई महशुस गर्न हार्दिक अनुरोध गरेका छन् ।

source-REPORTERSNEPAL

Latest News

Happy Women's day

2022-03-08