•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

त्रिविलाई नेविसंघले बुझाएकाे ३० बुँदे सुझावपत्रमा के छ ?

2024-03-30

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराललाई ३० बुँदे सुझाव-पत्र बुझाएको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आज उपकुलपति बराललाई भेटेरै सुझाव-पत्र बुझाएका हुन्।

नेविसंघको सुझाव पत्रमा उपकुलपतिको भिजन पेपर, कार्ययोजना सार्वजनिक, त्रिविको शैक्षिक क्यालेन्डर कार्यान्वयन, त्रिविलाई आइडिया बैंकका रुपमा विकास गर्न उल्लेख छ।

शैक्षिक संस्थाको मनपरी शुल्क वृद्धिको नियमन विपन्न क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था, त्रिविका बेथिति न्यूनीकरण गर्न स्वायत्त निकाय गठन गर्न नेविसंघले उपकुलपतिलाई सुझाव दिएको छ।

Latest News

Happy Women's day

2022-03-08

Campaigns