•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेविसंघले गर्‍यो रसुवामा अधिवेशन

2023-02-14

नेविसंघले रसुवा जिल्ला अधिवेशन गरेको छ।

अधिवेशनबाट कपिल पौडेल नेतृत्वमा सर्वसम्मत रूपमा पदाधिकारी चयन भएका छन्।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अधिवेशन गर्न निर्देशन दिइएका ३५ जिल्लामध्ये सबैभन्दा पहिला रसुवामा अधिवेशन सकिएको जानकारी दिए।

अधिवेशनले उपाध्यक्षमा बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घलेलाई चयन गरेको छ।

सचिवमा  डिबी तामाङ, सहसचिवमा नेमराज तामाङ, सविन तामाङ, सुन्दर अधिकारी, राकेश देवकोटा, प्रगति तामाङ र मनिष लामा चयन भएका छन्।

कोषाध्यक्षमा सोजित तामाङ र सहकोषाध्यक्षमा बालकृष्ण गुरूङ चयन भएका छन्।

Latest News

Happy Women's day

2022-03-08

Campaigns