•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

सरकारी कार्यालयको सर्भर डाउन र टियू रिजल्ट ढिलाइको समाधान निकाल्न नेविसंघको ‘ह्याकाथन’

2023-02-26

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइ समितिको सहआयोजनामा ह्याकाथन कार्यक्रमको आयोजना हुन लागेको छ। 

यही फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथन कार्यक्रममा पछिल्लो समय आमनागरिकले भोग्दै आएका समस्यालाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा–परिचर्चासँगै समाधानको प्रयास थालिनेछ।

विशेषगरी सरकारी कार्यालयहरू जस्तै– मालपोत कार्यालय, अध्यागमन विभाग, राहादानी विभाग, यातायात कार्यालयमा हुने गरेका सर्भर डाउनको समया, महिनौँसम्म सेवाग्राहीले सेवना लिन नसकेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र उक्त कार्यालयबाट सेवाग्राहीले सेवासुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटो, छरितो र चुस्त बनाउनन्छ भन्नेबारे चर्चा र प्रयोगहरू गरिनेछ।

त्यस्तैगरी, नेपाल स्टक एक्सचेन्ज  (नेप्से), मोबाइल बैंकिङलगायतका क्षेत्रको सिस्टममा हुने त्रुटि र प्राविधिक समस्यालाई समाधान गर्न विद्यार्थीले कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन्। 

त्यस्तै, त्रिभुवन विश्वविद्यालयले लिएका परीक्षाको परीक्षाफल निकाल्न एक वर्षभन्दा बढी समय लाग्दै आएकोमा शैक्षिक प्रविधिको विकासमार्फत परिक्षा दिएको १५ दिनभित्र नतिजा सार्वजनिक गर्न प्राविधिक ज्ञान, सीपको प्रयोगबाट सहज र छिटो कसरी नतिजा सार्वजनिक गर्न सकिन्छ भन्नेबारे सिस्टमको विकास गरिनेछ।

यस ह्याकाथुन कार्यक्रममार्फत काठमाडौंलगायत देशभरका सहरमा बढ्दो प्रदूषण र फोहाेर व्यवस्थापनलाई प्राविधिक सहायतामा कसरी समाधान समाधान गरेर सफा र सुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा सिस्टम तयार पारिनेछ।

त्यस्तै, सरकारी कार्यालयमा दस्ताबेजको रूपमा राखिने कागजात खोज्दा नभेटिने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्रलाई कसरी चुस्त र तन्दरुस्त राख्न सकिन्छ भन्नेबारे विद्यार्थीले राउन्डटेबलमा बसेर कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन्।

Latest News

Happy Women's day

2022-03-08

Campaigns