•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

गभर्नर अधिकारीविरूद्ध राष्ट्र बैंकको गेटमा विद्यार्थीको प्रदर्शन

2079-04-01

सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आइतबार घेराउ र विरोध प्रदर्शन गरेका छन्।

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै यूवा विद्यार्थी संगठनहरू केही दिनयता आन्दोलन गरिरहेका नेविसंघ र अखिल (क्रान्तिकारी) ले आइतबार बिहान बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन प्रदर्शन गरेका हुन्।

उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी भएको दाबीसहित उनीविरूद्ध विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

गभर्नर अधिकारीले उक्त व्यक्ति आफू नभएको प्रष्टीकरण दिएका छन्। नेकपा एमालेको केन्द्रीय कार्यालयले पनि एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी नभएको बताएको छ। एमाले नेताहरूले एम अधिकारी भन्ने व्यक्तिबारे विस्तृत विवरण भने दिन सकेका छैनन्। 

Latest News

Happy Women's day

2022-03-08